धनगढीः आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको भन्दै निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलवार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन्।
उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधवारदेखि हाजिर हुने गरी सरुवा गरिएको जनाइएको छ । करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहले व्यवसायीसँग जुनसुकै काम गर्दा पनि अवैद्य असुली गरेर दुःख दिन गरेको उजुरी बढ्दै गएको थियो । ट्यांकरधनीलाई ढुवानी भाडा भुक्तानी गर्दा मासिक १.५ प्रतिशतसम्म कमिसन र पेट्रोलपम्पलाई तेल दिएबापत मासिक एक लाख रुपैयाँसम्म कमिसन लिने गरेको पनि उनीमाथि आरोप लागेको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस