काठमाडौँ । बलात्कारकोआरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने लाई दोषी ठहर गर्दै काठमाण्डौ जिल्ल अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । त्यसैगरी उनले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला काठमाडौँ जिल्ला अदालतले सुनाएको छ । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका थिए ।
सोही संहिताअनुसार सन्दीपलाई ७ देखि १० वर्षसम्म सजाय हुने उल्लेख भएकामा ८ वर्ष सजाय तोकिएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । सन्दीप राष्ट्रिय टिमको कप्तान भएका बेलामा गत वर्षको भदौ ५ गते उनले ती पीडितमाथि राजधानीको गौशालामा रहेको एक होटलमा बलात्कार गरेका थिए । पीडितले जबरजस्ती करणीको आरोपमा भदौ २१ गतेमात्र जाहेरी दिएकी थिइन् ।
पीडितले दिएको जाहेरीलाई प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएपछि भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । क्रिकेट खेल्न विदेश गएका बेलामा पक्राउ पुर्जी जारी भए पनि उनी नेपाल भने एक महिनापछिमात्र फर्केका थिए । असोज २० गतेमात्रै नेपाल फकिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले प्रक्राउ गरेको थियो । त्यसपछि कार्तिक १४ गते प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उनी जेलमा रहेर अनुसन्धान भइरहँदा उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए । उनी थुनामुक्त मात्र भएनन् राष्ट्रिय टिममा रहेर क्रिकेट पनि खेले । उनलाई उच्च अदालतले विदेश जान नपाउने भनेको भए पनि विदेश जानका लागि सर्वोच्च अदालतमा गएसँगै उनले त्यो सुविधा पनि पाएका थिए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस