काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरेका छन् ।
उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका हुन ।
क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । तपाइलाइ थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’,सन्दीपले पत्रमा भनेका छन्,
उनले कठिन परिस्थितिका बिच पनि आफूले देशका लागि खेलिरहेको स्मरण गर्दै कम खेलमा १०० विकेट बनाउने खेलाडीको सूचीमा दरिन पाउँदा खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस