तराइको थारु बस्तिमा खास गरि मनाइने माघि पर्व धुमधामले मनाइदै छ । यो पर्व आफन्तहरु भेटघाट गर्ने र सानाले ठुलाइ ढोगि ठुलाबाट आशिर्बाद लिने गरिन्छ ।
माघिमा खाइने खानामा माछा ,मासु ,(बङ्गुरको मासु) तरुल ,जाँण । गैजि खाएर आपसमा रमाइलो गरि मनान्छ । संस्कृतिका जानकार सादुराम चौधरीले माघिको अघिल्लो दिन जङ्गल जाने र दुना तपरि बनाउन सालका पात टिपेर लयाइने बताउनु भयो । माघको अघिल्लो दिन रातभरि जागाराम बसेर ढुमरु , ढमार गित गाइने चलन रहेको उहाले बताउनु भयो ।
अहिले आफुहरुका पालाको जस्तो नाच गान र परम्परामा आधुनिकताका नाममा सस्कृति ओझेलमा पर्ने खतारा बढेकाले आफुहरु यो बिषयमा चिन्तित रहेको पनि बताउनु भयो ।
आजकै दिन मुखिया छान्ने र पहिलाको मुखियाको बर्षदिनको कामकाजको मुल्याङकन गरिने बताउनु भयो । हिजो आफुहरुका पालामा मनाइने माघि र अहिलेको माघिमा फरक रहेकाले आफ्नो सस्कृति जोगाउने जिम्मनेवारि पनि हामि अगुवाहरुको रहगेको औल्याउनु भयो ।
त्यसै गरि आज रातभरि नाच गान गरि महिलाहरुले रमाइलो गर्ने र भोलि देखि ४ दिन पुरुषहरुले नाच गान गर्ने परम्परा रहेको छ । र नाच गान गरि प्रत्येक घर जाने र घरमुलिले सके अनुसारको दक्षिणा दिने चलन रहेको ुहाले बताउनु भयो ।
र त्यो रकम सामाजिक कार्यमा खर्च गरिनुका साथै आपसि भोज भतेररमा समेत खर्च गरिने चलन रहेको छ । र माघि पर्वमा युवा युबतिका प्रेमगित गाइने चलन समेत रहेको उहाले बताउनु भयो ।
मुख्यगरि नाच सखिया नाच नाचिने र छोकरा नाच नाचिने गरिन्छ जुन दशैमा समेत मन्जरा लिएर नाच्ने गरिन्छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस