कन्नचनपुर । कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।
यो समुदायमा गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने चलन रहेको छ । माघ २ गतेबाट माघ महिनाभरि नै भलमन्सा चयनको काम हुने गर्दछ । भलमन्सा (बरघर) आजबाट थारु समुदायमा भलमन्सा चयनको कार्य सुरु भएको संस्कृति बिद सादुराम चौधरीले थारुले बताए।
उनका अनुसार कतिपय गाउँमा माघ २ गते नै भलमन्सा चयन गर्ने काम भएको छ । भलमन्सा थारु समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरीका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ ।
भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा रहने गर्दछ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ ।
भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्र नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफललगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् ।
गाउँमा भलमन्सासहित अघरिया (सहायक भलमन्सा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमन्साको सहायक हुन् । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसैगरी, चौकीदारको भूमिका सन्देशबाहकको रूपमा रहने गर्दछ । चौकीदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् ।
यस्तै, गाउँमा फलाम कुटपिट गर्ने कामको लागि लोहार राख्ने चलन छ । चौकीदार र लोहारले पारिश्रमिक पाउने गरे पनि भलमन्सा, अघरिया, सचिवले निःशुल्क रूपमा काम गर्ने चलन रहेको छ ।
र माघिकै दोश्रो दिन भलमन्साको बर्षदिनको कामकाजको मुल्याङ्कन गरिन्छ र भलमन्सा चयन गरिन्छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस