कन्चनपुर । विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाख बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म चार करोड २८ लाख ६४ हजार चार सय ४० बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो। सबैभन्दा बढी आगलागीबाट आर्थिक नोक्सानी भएको छ ।
आगलागीबाट चार करोड १७ लाख ७४ हजार चार सय ५०, जनावर आंतकबाट एक लाख ३० तथा जंगल आगलागीबाट ९६ हजार बराबरको नोक्सानी भएको अनुमान छ । सो अवधिसम्म आगलागीका ९४ घटना घटेका छन्। ती घटनामा परेर दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ । पाँच पुरुष र ६ महिला गरी ११ जना घाइते भएका छन्। आगलागीबाट एक सय १३ परिवार प्रभावित बन्न पुगेको अभिलेख छ। त्यस्तै जनावर आंतकका २५ घटना घटेका छन्। ती घटनामा परेर एक पुरुष र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ ।
१४ पुरुष र १२ महिला गरी २६ जना घाइते भएका छन्। यस्ता घटनाबाट २६ परिवार प्रभावित बन्न पुगेका छन्। साउनयता १२ पटक भारी वर्षा भएको छ। त्यसबाट २१ परिवार प्रभावित बन्न पुगेका छन भने आंशिक र पूर्ण १५ घरमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको पौष मसान्तसम्म प्राकृतिक विपदका दुई सय ४५ घटना घटेका छन ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस