धनगढी : नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माइक पाएकी छीन्। सोमबार कैलालीको अत्तरियामा भएको प्रीजज राउण्डबाट छनौटमा परेका प्रतिस्पिर्धीहरूको मंगलबार धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा अडिसन भएको थियो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। योसँगै उनी टप १२ प्रतिस्पर्धीमा छनौट छन्। निर्णायकहरूले उत्कृष्ट गायन भएकाहरूलाई गोल्डेन माइक दिने गर्छन्। त्यो माइक पाएपछि उनीहरू उत्कष्ट १२ मा छनौट भएको मानिन्छ। ‘राम्रो कला भएकाहरूलाई नै हामीले गोल्डेन माइक दिने हो। प्रेरणको स्वर मिठो थियो, त्यसैले उनले गोल्डेन माइक पाइन्,’ निर्णयक इन्दिरा जोशीले भनिन्, ‘सुदूरपश्चिम गीत संगीतका लागि उर्वरा भूमि हो।’
नेपाल आइडल ब्यवस्थापन टीमले विर्तामोड, बर्दिबास र हेटौंडा अडिसन गरिसकेको छ भने धनगढीमा पनि मंगलबार अडिसन सकिएको छ। तीनवटा अडिसन सम्पन हुँदा पनि कसैले गोल्डेन माइक पाएका थिएनन्। धनगढीमा प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। ‘असाध्यै खुसी लागेको छ। मलाई गोल्डेन माइक पाउँछु भन्ने विश्वास नै थिएन, जजहरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने द्विविधामा थिए। तर मलाई गोल्डेन माइक दिइयो, खुसीको सीमा छैन। यो माइकले मलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ,’ प्रेरणाले भनिन्।
कृष्णपुर नगरपालिका वडा नम्बर ५ का दीपक विश्वकर्मा र जलुदेबीका तेस्रो सन्तान हुन प्रेरणा। उनका दुई दाजु र एक बहिनी छन्। ‘सानैदेखि गीत संगीतमा रुची थियो। गोल्डेन माइक पाएपछि झन् खुसी भएको छु। छोरीको सपना पूरा हुने विश्वास लागेको छ,’ बुबा दीपकले भने।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस