कन्चनपुर । सुदूरपश्चिममा सशस्त्र प्रहरीले एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरिएको छ।
सो अवधिमा तीन दशमलव ५ किलोग्राम लागुऔषध बरामद गरेको उल्लेख छ । ८ करोड ३६ लाख ३३ हजार मुल्यका अबैध सामान बरामद र तीनवटा हतियार समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले बताए। साथै सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको उनले बताए।
गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ । १६९ वटा सीमा स्तम्भ मर्मत, २४९ वटा जनचेतनामुलक कार्यक्रम र २७७ वटा सरसफाई सम्बन्धी कार्यक्रम सशस्त्र प्रहरीले गरेको छ। सशस्त्र प्रहरीले सो अवधिसम्म ३७३ जीवित व्यक्तिहरुको उद्धार गरेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस