कन्चनपुर । सुदूरपश्चिम घर भएका चार प्रहरी सम्पर्क बिहिन भएको पाइएकाे छ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
आफूखुसी हाजिर हुन छोडेका प्रहरीको खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर चेतावनी दिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भएका सुरेन्द्रप्रसाद पन्त, बझाङको साविक सैनपाल–५ हाल दुर्गाथली गाउँपालिका–७ घर भएका विशालबहादुर विक, बझाङकै थलारा गाउँपालिका–९ घर भएका उमेश थापा र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ घर भएका प्रेमबहादुर धामीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र २४ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस