कञ्चनपुर, माघ ११ कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजना गरिएको १४ औँ राष्ट्रपती रनिङ शिल्ड सम्पन्न भएको छ ।
प्रतियोगितामन सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले रनिङ शिल्ड आफनो पोल्टामा पार्न सफल भएको छ । आईतवारदेखी सुरु भएको १४ औँ राष्ट्रपती रनिङ शिल्ड सामुदायिक र संस्थागत गरी ४८ विद्यालयको सहभागीतामध्ये सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले १५ स्वर्ण,५ रजत,१३ काँस्य गरी ३३ पदक पाएर प्रथम भएको छ भने, द्धितियमा पूर्णा माध्यमिक विद्यालय ऐरीले ६ स्वर्ण ९ रजत १३ काँस्य गरी १८ पदक पाएर द्धितिय भएको हो
त्यस्तै तृतिय हुनेमा वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरले ६ स्वर्ण १ रजत, १ काँस्य गरी ८ पदक पाएर तृतिय स्थानमा आएको छ । समापन तथा मेल्ड वितरण कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उप –प्रमुख निलम लेखक जोशीले सबै सहभागी विद्यालयका विद्यार्थीहरुले आफनो अनुसाशनमा रहेर खेलमा भाग लिएको प्रती सबैलाई धन्यवाद व्यक्त गर्नूभएको छ ।
साथै उहाँले पछिल्लो समय युवा पुस्ताहरु कुलतमा फस्दै गईरहेको अवस्थामा खेलकुदले उनिहरुको मानसिकतालाई स्वस्थ्य राख्ने शरिरलाई पनि निरोगी बनाउने, र राम्रो खेल खेल्न सक्ने भएमा राष्ट्र मात्र नभएर अन्तराष्ट्रिय स्तरमा आफनो र देशको नाम राख्न सक्ने प्रमुख माध्यम नैे खेलक्षेत्र रहेको बताउनु भयो । प्रतियोगितामा सहभागी १० विद्यालय पदक विना रित्तो हात फर्किएका छन् ।
प्रतियोगितामा सहभागी ४८ विद्यालयमध्ये ३८ विद्यालयले पदक जितेका हुन् । यस्तै, मार्च पासमा भीमदत्त नगरपालिका ७ हल्दुखालको महाकाली जनसेवा माध्यमिक विद्यालय प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो भएको छ । खेलकुदका संयोजक शरद चन्दले सौहार्द वातावरणमा खेल समापन भएको जानकारी दिदै सबै विद्यालयका विद्यार्थीहरुले अनुसासनमा रहेर खेलकुदमा भाग लिएको बताउँदै आगमाी दिनमा पनि यसरी नै आफनो विद्यालयको सहभागि जनाईदिन पनि उहाँले आग्रह गर्नु भयो ।
बिभिन्न खेलकुदमा विद्यार्थीहरुले आफनो खेलबाट आफनो प्रतिभा देखाएको र राष्टका लागी भविश्यमा राम्रो खेलेर नाम राख्न सक्ने प्रतिभावान खेलाडीहरु पनि रहेको बताउनु भयो । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल भएका थिए् । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस