स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।
सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको बताएका हुन् ।
मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा भएको कमजोरी सुधारेर अघि बढ्न आवश्यक रहेको बताए। जनसंख्या बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी पनि बढ्नुपर्नेमा त्यस्तो नभएको उनले बताए ।
स्वास्थ्यकर्मीहरूलाई उचित सेवा सुविधा दिएर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेदेखि स्वास्थ्यक्षेत्रको अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने मन्त्री बस्नेतले बताउनु भयाे ।
‘जनसंख्या बढ्दै जाँदा स्वास्थ्यकर्मी पनि बढ्न जरुरी छ। तर सेवासुविधा कम भएर यही भएका स्वास्थ्यकर्मी पनि पलायन हुने अवस्था छ । यहीँ भएकाहरूले बालबच्चाहरु राम्रो शिक्षादिक्षा र घरखर्च चलाउन नसक्ने अवस्था छ,’ मन्त्री बस्नेतले भने ।
त्यसरी पलायन हुँदा नेपालमै आधारभूत स्वास्थ्य सेवा प्रवाहमा समस्या निम्तने उनले बताए। त्यसलाई रोक्नका लागि गम्भीर भएर नीतिहरू बनाउनुपर्ने उनको भनाइ छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस