काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा पेश गरिएका प्रतिवेदनमाथि छलफलका लागि समूह विभाजन गरिएको छ ।
महासमितिमा सहभागी २२ सय प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको छ । बुधबार समूहमा छलफल गरेर बिहीबार सक्ने तयारी छ । सोमबार उद्घाटनसँगै सकिएको महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु भएको थियो ।
बन्दसत्रमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदै छन्। मंगलबार सबैभन्दा पहिले पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् ।
उनीसँगै लेखा समितिका संयोजक श्याम घिमिरेले आर्थिक प्रतिवेदन पेश गरे।त्यसपछि महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दैछन्।पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गर्दैछन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस