काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासकै मतका लागि अपिल गरेको प्रति कटाक्ष गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत दिन राखिएको प्रस्तावमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले देशमा अहिले सबैभन्दा बढी धरापको अवस्थामा विश्वास रहेको बताउनु भयो ।
उनले भने, ‘नागरिक कर्मचारीप्रति, विद्यार्थी शिक्षकप्रति, बिरामी चिकित्सकप्रति, बजार गएको उपभोक्ता व्यापारीप्रति र आामनागरिक राजनीतिप्रति विश्वस्त छैनन् । यहीँ विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री विश्वासको मत माग्न आउनु भएको छ । गजब चै के छ भने उहाँले वर्षमा एक पटक हैन तीन पटक विश्वासको मत माग्नु भयो।
र अचम्म प्राप्त पनि गर्नुहुन्छ ।’ सम्बोधनका क्रममा महामन्त्री शर्माले कोशी प्रदेशमा माओवादीका उम्मेदवार पराजित भएको विषयमा भएको धोकाबारे नेपाली कांग्रेसले आफ्नो गल्ती स्वीकार गरेको उल्लेख गर्दै माओवादीले दिएको धोकाबारे कहिँकतै उल्लेख नभएको जिकिर गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस