काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन्। स्वार्थहरूको गठजोडबाट बनेको सत्तारूढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनको भनाइ छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मतसम्बन्धी प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रूपमा प्रयोग गर्ने जिकिरसमेत गर्नु भएको छ । उनले सत्तारूढ गठबन्धनले प्रस्तुत गरेको ७ बुँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताउनुभयो ।
अध्यक्ष लिङदेनले भने, ‘जतिसुकै सिद्धान्त र दर्शनको बखान गरे पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो। स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने। त्यो सत्ता निर्माण हुँदाखेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ। देशलाई, जनताको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यो सरकार बनेको हुदै होइन उहाले भन्नु भयो । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको होन ।
यसमा मैले भनिराख्नु पर्दैन। त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस्। त्यसले छर्लङग पार्छ। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन।’ अध्यक्ष लिङदेनले सत्ता केन्दित चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस