गुल्मी – गुल्मीमा परम्परागत कृषि पेसा अगाँल्दै आएका किसान अब भने कफी खेती तर्फ आकर्षित हुन् थालेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी तोरेटाका किसान अब बारीमा मकै र कोदो लगाउन छोडेर कफी खेती शुरु गर्न थालेका हुन् । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले किसानलाई व्यावसायिकरूपमा कफी खेती गर्न उत्प्रेरित गरेको हो ।
परम्परागत खेती लगाउँदा बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आएकोमा कफी खेती लगाएपछि सहज भएको किसानको बिश्वास छन् । सिर्सेनीका किसानले तीन वर्षअघि नै ‘तीनधारे कफी उत्पादन कृषक समूह’ गठन गरेका थिए । समूहमा आबद्ध किसानले ५० देखि दुई हजार वटासम्म कफीका बोट लगाएका छन् ।
प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफी खेतीको विस्तारका लागि कार्यालयको तर्फबाट बिरुवा, मल, सिँचाइका साथै छहारीका लागि नेटजाली लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको बताएका छन । यस्तै कफी पाठशाला सञ्चालन गरेर किसानलाई कफीको व्यावसायिक र प्राविधिक ज्ञान दिने गरेको उहाँको भनाइ छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस