कञ्चनपुर।मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले भीमदत्त नगरपालिकाको मुल गेटमा कालो ब्यानर टाँसेको छ ।
शनिबार क्रान्तिकारी कम्युनिष्ट पार्टीले नगरपालिकाको मुल गेटमा कालो ब्यानर टाँसेको हो ।बैद्यले पहुचवाला अतिक्रमणकारीको कब्जामा रहेको भीमदत्त नगरविकास समितिको सम्पत्ती नगरविकास समितिको स्वामित्वमा कहिले आउँछ सरकार भन्दै प्रश्न गरेको छ ।
उनले भने ”अतिक्रमणकारीमाथि कार्बाही गर्न माग सहित क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारी माथि कार्बाही गरी नगर विकासको सम्पति फिर्ता लिनु पर्ने बताए ।” युवा नेता दिपेन्द्र सिह ऐरीको नेतृत्वमा भिमदत्तको मुलगेटमा व्यानर टासिएको हो । यस्तै यस अघि पार्टीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई नगर विकास समितिको सम्पति सबै तिर समान रुपमा हटाईनु पर्ने माग सहति ज्ञापन पत्र समेत बुझाएको नेता ऐरीले बताउनु भयो ।
उहाँका ‘अनुसार पार्टीले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नगर विकास समितिको जमिन अतिक्रमण गरेका ठुला व्यक्तिमाथि कार्बाहीको माग अघि सारेको बताए ।’ महेन्द्रनगर बजारको होटल ओपेरा,भानु पार्टी पैलेश, काष्ठ मिल सहितका राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरुले नगर विकास समितिको जमिन ओगेटेर बनाएका संरचना हटाउन सरकारको ध्यानाकर्षण गराईएको थियो । यसरी चरण बद्ध ढंगले पार्टीले माग पुरा नभए सम्म विभिन्न दबाफ मुलक आन्दोलनका कार्यक्रम जारी राख्ने नेता ऐरीले बताउनु भयो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस