काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको संलग्नता छानबिन गर्न संसदिय समिति नबनेसम्म संसद चल्न नदिने अडान राखेको छ ।
नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडानबाट हलचल नहुने बताउनु भएको छ। नेता पुनले देशको उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिमाथी नै यति ठुलो प्रश्न खडा हुँदा पनि सरकार छानबिन समिति बनाउनबाट भाग्न खोज्नु लज्जास्पद कुरा भएको टिप्पणी समेत गर्नुभएको छ l
उहाँले कांग्रेसले गृहमन्त्रीलाई आरोप मात्रै लगाएको नभै आरोपबाट निर्दोष ठहरिन अवसर सृजना गरिदिएको दाबी गर्नुभयो। यदि सहकारी प्रकरणमा निर्दोश भए गृहमन्त्री छानबिनबाट किन भागेको ? भन्ने प्रश्न उहाँले गर्नुभयो। यस्तै नेता पुनले प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको कुरा उठाउँदा सबैभन्दा बढी एमाले अताल्लिएको बताउनुभयो। यसले सहकारी प्रकरणमा कतै एमालेको पनि संलग्नता त छैन भन्ने प्रश्न खडा भएकोे बताउनुभयो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस