काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्नुहुदै उहाँले जसपा नेपाल विभाजन नभई विभाजित गरिएको समेत आरोप लगाउनुभयो ।
नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोख्नुभयो । विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उहाँले भन्नु भयो । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो ।
सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुभएको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस