काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको गिरफ्तारीमा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसीबी बढि देखिएको बताएका छन । यो कुरा लोकतान्त्रिक राज्यमा उपयुक्त नहुने भन्दै समाचार लेखेकै आधारमा वा समाचारका विषयबस्तुमा नभएर नागरिकतासँग सम्बन्धित रहेर अदालतको पक्राउ पुर्जी ल्याएर पक्राउ गरिएको भने नेता रिजालले स्पष्ट पारे ।
यस्तै सिरोहियामाथिको गिरफ्तारी गलत भएकोसमेत नेता रिजालको भनाइ छ । गृहमन्त्री लामिछानेले सञ्चारमाध्यमलाई लाञ्छीत गर्ने र सञ्चारमाध्यमसँग नराम्रो सम्बन्ध राख्ने गरिरहेको बताउँदै नेता रिजालले यो सबैको परिणाम आउने र देखिने गरि प्रतिशोधात्मक कारबाहि लिएको महसुस हुने गरि देखिएको धारणा ब्यक्त गर्नुभयो । तर विषय उठिसकेपछि अब यसलाई न्यायिक निरुपणबाट किनारा लगाउनुपर्नेमा उहाँले जोड दिएका छन् ।
एक रेडियोमा अन्तरबार्ता दिदै नेता रिजालले यो प्रकरण अब अदालती प्रक्रियाबाट छिटो न्यायिक निरुपण हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । सिरोहियालाई अस्ति मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । हिजो नै धनुषा पुर्याइएका सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सिरोहियालाई जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले पक्राउ परेको मितिदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले अदालतमा पेश परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ ।
प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरेको आशङ्का गरेको छ । साथै सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजपत्रको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ । सिरोहियाले भने आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस