काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बीच सरकारले नीति तथा कार्यक्रम पास गरेको छ ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गर्नुभएको थियो ।
सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक सारिएको थियो ।
तर, आजपनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याउनुभएको थियो ।
उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका ४ जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ । नीति तथा कार्यक्रममा भाग लिने सांसदहरू :
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस