काठमाण्डौ : सहकारी बचत ठगीसम्बन्धी छानबिन गर्न गठित समितिको पहिलो बैठक बुधबार बसेको छ। संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित संसदीय छानबिन समितिका संयोजक र सदस्यहरूबीच बैठक बसेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
संसदीय छानबिन समितिको संयोजकमा नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समिति सदस्यमा नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) बाट सांसदहरू थापा र सरिता भुसाल छन् भने नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।
सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोग भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो।सोअनुसार गत जेठ १५ गते सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको थियो। गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी गोरखा मिडियाको नाम राखेर संसदीय छानबिन समिति गठन भएको थियो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस