२०७५ साल साउन १० गते कंचनपुरकि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको बिभत्स हत्याको दोषी आज सम्म समात्न सकिएका छैनन l केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लागेपछि कञ्चपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीलाई हो कि जस्तै लागेको थियो ।
नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दुर्गादेवीले भनेकी थिइन्, ‘उहाँ (देउवा)ले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौं भन्नुभएको थियो ।
निर्मलाले न्याय पाउलिन् कि भन्ने आशा जागे पनि दुर्गादेवीलाई अब भने नयाँ सरकारबाट पनि छोरीले न्याय पाउने आशा छैन भन्छिन्, l न्याय पाउने आशामा बसेको निर्मलाको परिवारले प्रहरीका हाकिम मात्र नभएर देशकै प्रधानमन्त्री फेरिदा र ६ बर्ष नाघ्दा समेत कुनै प्रगति नभएपछि न्यायको आशा मारिसकेकोछ l अधिकारकर्मी लक्ष्मी मल्ल सावंदले बिगतमा पनि हामीसँगै सहकार्य गरेर सहयोग गरेका कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुदा आस पलाएको बताउछिन l उहाले भन्नुभयो ” गृहजिल्लाकै गृहमन्त्री हुदा त चेली निर्मलाले न्याय पाउछिन भन्ने आश छ र उहाले आफु सक्षम् भएको पनि यसै घटना बाट प्रमाणित गर्ने छन भन्नेमा हामि बिश्वस्त छौ ” भइसकेपछि निर्मला प्रकरणका दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको पनि उनि बताउँछिन् । न्याय दिन किन सक्नुभएको छैन,’ अधिकार कर्मी सावंदले गुनासो गरिन l ‘अझै केही बिग्रिएको छैन । बलात्कारपछि निर्मलाको हत्या गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याउन सरकारले अठोट गर्नुपर्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस