काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनैपनि गुटबन्दी स्वीकार्य नहुने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन l
उहाँले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिँदै भन्नुभयो, ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो। या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो, हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’
कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै ओलीले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस्। तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताउनुभयो। उहाँले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिएका छन् । उहाँले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिनुभयो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस