सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सोमबार सपथ लिनेभएका छन । दिउँसो साढे ३ बजे सपथ ग्रहण समारोह तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता शाह एमालेसमेतको समर्थनमा आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व समेत सम्हालिसकेका छन् । मुख्यमन्त्रीको सपथसँगै सरकारलाई पूर्णता दिने गरी मन्त्रीहरुको समेत सपथ गराउने तयारी भैरहेको छ ।
दुई दलबीच मन्त्रालय भागवण्डाको टुङ्गो लागेको बताइएको छ । काँग्रेसले मुख्यमन्त्रीसहित तीन, एमालेले तीन र नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिने सहमति भएको नेताहरुले बताएका छन् । तीनजना राज्यमन्त्रीसमेत थप्ने तयारी छ ।
पार्टीबाट मन्त्रीको नाम टुङ्ग्याउन काँग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस्तै एमालेले मन्त्रीको नामबारे निर्णय गर्न दिउँसो २ बजे संसदीय दलको बैठक आव्हान गरिएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस