काठमाडौं : भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति जनाएको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले नै भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा उभिने निर्णय समेत गरेको छ ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन। रास्वपाले यसलाई स्वीकार्दैन।’ राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा ५ वर्षे हदम्यादको प्रस्ताव गरिएको छ ।
यस्तै रास्वपा बैठकले संसदको मानवअधिकार तथा कानुन समितिबाट सर्वसम्मत पास भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस