काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी थालेको छ।
आफू पक्राउ पर्ने सूचना पाएलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पार्टीका नेताहरुलाई पार्टी कार्यालय वनस्थलीमा छलफलका लागि बोलाएका छन्। सभापति लामिछानेले बोलाएपछि पार्टीका नेता तथा सांसदहरु पार्टी कार्यालय पुग्न थालेका छन ।
रास्वपा पार्टी कार्यालयमा प्रहरीसमेत परिचालन गरिएको छ। स्रोतका अनुसार सादा पोशाकका प्रहरीपनि खटाइएको छ।
संसदीय छानबिन समितिले अनुसन्धानमा ल्याउनू भनेका ५५ जनालाई नै पक्राउ गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
रवि लामिछाने र जीबी राईका साझेदार गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छवि जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस