कन्चनपुर : कंचनपुर नाई संघ बेदकोट नगर कमिटिको मासिक बैठक सम्पन्न भएको छ l
आज भाद्र ८ गतेका दिन बेदकोट नगर कमिटीले महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेको हो l
नाई पेशा पनि अरु पेशा जस्तै सम्मानित पेशा भएकोले पेशा प्रति गर्व गर्न सक्नु पर्ने र इमान्दार भएर कार्य प्रति लगनशीलता देखाउनु पर्नेमा नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारीले बताउनु भयो l
त्यसै गरि नाई पेशालाइ सहज र गुणस्तरीय बनाउनु पर्नेमा समेत उहाले जोड दिनु भयो l
यसै गरि संघका जिल्ला प्रबक्ता नरेश कार्कीले यो संघ एक परिवार भएको र हाम्रो पेशागत मात्र नभई भावनात्मक सम्बन्ध पनि रहेको बताउनु भयो l
हरेक सुख दु:खमा हामि एक भएर उभिनुपर्ने र नाई संघ परिवारको हितमा काम गर्नु पर्नेमा जोड दिनुभयो l
महिनाको २९ गते दैजी र हरेक महिनाको अन्तिम मंगलबार सुडा, लालपुर सिसैया, सामादैजीमा पसल बन्द हुने निर्णय गरिएको छ l
निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न संघका बेदकोट नगर अध्यक्ष मोहन विक को अध्यक्षटामा सात सदस्यीय समिति गठन गरिएको छ l समितिले संघले गरेको निर्णय कार्यान्वयन भए नभएको हेर्ने छ l समितिको निर्णय पालना नगरेको पाइए तिन दिन पसल बन्द गरिनव र पांच हजार रुपैया जरिवाना लीइने निर्णय गरिएको छ l
शुल्क दरमा एकरुपता ल्याउनु पर्ने र कपाल कटिंगको सय रुपियाँ लिनु पर्ने तोकिएको रकम भन्दा तल माथि गरिए कार्वाही गरिने समेत जनाइएको छ l
कार्यक्रम नगर अध्यक्ष मोहन विक को अध्यक्षता बसेको थियो भने जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारिको सभापतित्वमा सम्पन्न गरिएको हो l कार्यक्रम संचालन जिल्ला प्रबक्ता नरेश कार्कीले गर्नु भएको थियो भने क्षेत्रीय अध्यक्ष राम दास राना र नगर सल्लाहकार दल बहादुर डगौराको उपस्थिति थियो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस