विराटनगर- अविरल वर्षासंगै धनकुटाको पाख्रीबासमा गएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ।
धनकुटा प्रहरीका अनुसार पाख्रिवासको गुराँसे देवीथानमा बिहान पहिरोमा परेर ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो।
बिहान करिब ३ बजे सडक नजिक रहेको जस्तापाताले बनेको घरलाई पहिरोले पुर्दा तामाङ आमाछोरीको मृत्यु भएको हो।
राति घरमाथिबाट माटो खस्न थालेपछि घरभित्र रहेको सरसामान निकाल्न पस्दा पहिरोले पुरेको स्थानीयहरुले बताएका छन्। राति सामान निकाल्न सहयोग गर्ने छिमेकी २४ वर्षीया मिनामाया तामाङ घाइते भएकी छन् ।
गर्भवती अवस्थामा रहेकी मिनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतकहरु नयाँ घरमा सरिसकेको अवस्थामा पुरानो घरमा रहेको सामान निकाल्ने क्रममा घटना भएको बताइएको छ।
हाल प्रहरीले घटनास्थलमा जेसीबी प्रयोग गरी दुवै शव निकालेको छ। घटनामा आशाका श्रीमान् सन्तोष भने बाच्न सफल भएका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस