प्रधानमन्त्री केपी शर्मा ओलीले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्व अनुमानुमान नगरिएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विपदको पूर्वतयारी गरेपनि क्षति मूल्यांकन गर्न नसकेको बताउनु भएको हो ।
उनले अगाडि भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो’ उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले यसखालको विपद् सरकार र राज्यको मात्रै नभएर समग्र नेपालीकै समस्या भएकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । ‘जनताले भोगिरहेको पीडामा उद्धार, राहत र पुनःस्थापनामा सरकार जुटिरहेको छ । यतिबेला सबै नेपाली एक हुनुपर्छ । साझाबिपत्तिको सामना गर्नुपर्छ,’ उनले भने ।
विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीको जिकिर छ । ‘केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले अगाडि भने, ‘केही कमजोरी भएको हुनसक्छ । भएको छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस