प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पप्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्तिको एमालेले भर्त्सना गरेको छ । एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिको भर्त्सना गरेका हुन् ।
भारतीय मिडियासँगको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको बताएका थिए । प्रचण्डको यस्तो अभिव्यक्ति आधारहीन र गैरजिम्मेवार रहेको भन्दै एमालेले भर्त्सना गरेको हो ।
प्रचण्डको अभिव्यक्तिले नेपालको सार्भभौमसत्ता र परराष्ट्र नीतिमा समेत क्षति पुगेको महासेठले अंग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको सन्तुलनलाई नजरअन्दाज गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षामा प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व गरेको पनि विज्ञप्तिमा दाबी गरिएको छ । एमालेले प्रचण्डलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न भनेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस