कंचनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत आमसाभा सम्पन्न गरिएको छ l
कंचनपुर जिल्लाको भिमदत्त नगरपालीका वडा नम्बर ६ ऐठपुर शिबमन्दिर नजिक राप्रपाले बृहत आमसभा गरेको छ l
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देन, केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही, प्रशिक्षण बिभाग उप-प्रमुख खुस्बु ओली लगायतको टिमको सहभागीता थियो l
कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्ग्देनले देश बर्बाद हुनुमा एमाले, कांग्रेस, माओबादि सबैको बराबरी हिस्सा रहेको बताउनु भएको छ l
यसै गरि प्रशिक्षण बिभाग उप – प्रमुख खुस्बु ओलीले कृषकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मा जोड दिनुभयो l उहाले भन्नु भयो आज हामि कृषिमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौ यहाँ कृषि सुहाउदो नीति बनाउनु सकिएको छैन, जसका कारण आज हरेक चिजमा आयात गर्नु परिरहेको छ l आज देश बर्बाद हुनुमा इमान्दारिता भएको र नैतिकता भएको नेताको खडेरी मुख्य कारण भएको उहाको भनाइ छ l
प्रशिक्षण बिभाग उपप्रमुख खुस्बु ओलीले । सुदूरपश्चिमको बिकटता देख्दा दुख लागेको बताउनु भएको छ l
शिक्षाको अवस्था दयनीय छ, निर्वाचनको समयमा यो बिकटता र यो दुख कहा जान्छ कसरि भुल्छन यी जनता भन्दै उनले प्रति प्रश्न समेत गरेकि छन् l
जसले तपाईलाई दरिद्रता र जर्जरतामा राखेको छ उसैले कसरि जित्छ अचम्म लाग्छ भन्दै गुनासो समेत गर्नु भयो l
३० बर्ष अघि र आज तिस बर्ष पछि पनि सुदूरपश्चिम जस्ताको त्यस्तै किन छ l किन यहा दाइ भाई आजपनी चौकीदारी भन्दा माथि किन उठ्न सक्नु बाहिरखेका छैनन् l
काम नभएका घाम तापीरहेका अर्वौ बराबरको तलब खर्च किन त्यो पैसा शिक्षा, स्वास्थ्यमा लगादिए हुदैन भन्दै प्रश्न गर्नु भो l बन्द गरिएका उद्योग प्रबन्धन गर्न एजेन्डा राखेर आएको पार्टी हो l कृषि प्रधान देश होनी ६७ प्रतिशत कृषक भएको देशमा आज कृषि पेसा किन अपहेलित किन भयो उहाले थप्नु थप्नु भयो l हामीलाई आफ्नै देशको उत्पादन खान मन भएर पनि किन हामीले भारतको उत्पादन खानु परेको उहाको भनाइ थियो l
किसानलाइ सुरक्षा दिनुपर्ने मा उहाले जोड दिनु भयो
निशुल्क ढुवानी सेवा दिनु पर्यो l
इमान्दारी ज्ञान र नैतिकताको खडेरी भएकाहरुलाई जिताएर केहि हुदैन l बच्चाको हातमा बन्दुक राख्नेले आफ्नो हातामा करोडौको घडी लगाउदा हामि किन चेताउदैंनौ भन्दै उहाको भनाइ थियो l
एउटा राजा हटाएर के पायो यो मुलुकले आज देशले दलाल साही पायौ l यो देशमा राजा महेन्द्रको सालिक रहेको उहाले बताउनु भयो l बिकासको मूल फूटाएका राजा महेन्द्रकोको सालिक यो मुलुकमा आवश्यक रहेको उहाले धारणा ब्यक्त गर्नुभयो l
यसै गरि प्रदेश अध्यक्ष धर्म राज जोशीले जनताले मन बनाएर मात्र नहुने र मन मतमा परिणत गर्नुपर्ने बताउनु भयो l मत परिवर्तन गरे ब्यबस्था आफै परिबर्तन हुने उहाको भनाइ थियो l
यथास्थितिमा चित्त बुझाउने वा यथास्थितिमा परुवर्तन खोज्ने सोच्ने बेला आएको छ l
हिजो खेदो खन्नेहरु पनि आज राप्रपा प्रति आशा देखाइरहेको उहाको भनाइ छ l
वडा अध्यक्ष पदका उम्मेदवार शुसिल भट्टले अरु दलको जननी भ्रस्टाचार हो l हाम्रो त नारा नै भ्रष्टाचार गर्नु आमाको रगत खानु हो त्यसैले हामि भ्रष्टाचारको कल्पना पनि गर्न सक्दैनौ भन्दै
आफु वडा अध्यक्ष भएपछी बीच खेतमा भएका बिजुलीका पोल हटाइने छन l वडालाइ सिपसंग जोड्ने छु l शिक्षा स्वास्थ्य प्रति बिशेष ध्यान दिने प्रतिबद्द्ता व्यक्त गर्नुभयो छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस