
बाजुरा —नेपाल राहत शिक्षक जिल्ला कार्य समितिको छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्वत रुपमा नयाँ कार्य समिति चयन भएको छ ।शनिबार भएको छैटौं जिल्ला अधिवेशनबाट मथुराज पण्डित अध्यक्ष रहने गरी १६ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।
जसमा खुला उपाध्यक्षमा परे नाथ,महिला उपाध्यक्षमा राधिका मल्ल,सचिव विजयराज पाध्याय निर्विरोध निर्वाचित भएका छन् । यस्तै समितिमा सहसचिव टिकाराम पण्डित,कोषाध्यक्ष यमुना बस्नेत र सह कोषाध्यक्ष महादेव पाध्याय चयन हुनुभएको छ।
छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृतव चयन गरेर एक पालिकाको एक शिक्षकको प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति चयन गरिएको नवनिर्वाचित जिल्ला सचिव विजयराज पाध्यायले जानकारी दिनुभयो ।
नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाजुराको छैटौं जिल्ला अधिवेशनको समुद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख तथा नेपाल शिक्षक महासंघका पुर्व केन्द्रीय सदस्य कर्णबहादुर थापाले गरेका थिए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस