
धनगढी— कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका छन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरीलाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस