
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको बताएका छन्।
चितवनमा आज पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएर जनता भएको बताएका छन l
“अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरै चोटी भनेको छु,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन।”
आफूहरू सरकार परिवर्तनको खेलमा संलग्न नभएको बताउँदै अध्यक्ष प्रचण्डले बरु वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको उनको भनाइ थियो ।
माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने काममा लागिपरेको भनाइ व्यक्त गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस