
बाजुरा— बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ । विभिन्न गाउँबस्तीमा महिनावारी भएका बेला बस्न घरभन्दा टाढा बनाइएका छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो । सोमवारदेखि जिल्लाका सबै स्थानीय तहका गाउँबस्तीहरुमा रहेका छाउगोठ भत्काउने अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ l
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरीले सोमवार जिल्लाको बुढीगंगा नगरपालिकामा २९ वटा छाउगोठ भेटिएको बताएका छन् । उनका अनुसार ती छाउगोठलाई एक हप्ताभित्र भत्काउनका लागि समय दिएको र नभत्काए प्रहरीको टोली गएर भत्काउने छ ।
त्यस्तै डिएसपी गिरीले छाउगोठ भत्काउने अभियान जिल्लाभर सुरु गरिएको भन्दै अनुगमनका क्रममा भेटिएका छाउगोठ प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा भत्काइने बताए । जिल्लामा यसअघि पनि विभिन्न समयमा छाउगोठ भत्काउने अभियान सुरु गरिदैँ आएको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस