
माघ २४- चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरू झिकाइएका छन ।
चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको हो ।
चितवन आएका तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् । सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।
सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् । यस्तै आज सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् ।
जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । लामिछानको तर्फबाट ११ जनाले बहस गर्दैछन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस