
सुर्खेत— सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त गोदाम घर हस्तान्तरण गरेका हुन् ।
विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने भएको छ । हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिम भूगोल रहेको बताएका छन । उनले पश्चिम नेपालमा भूकम्पबाट क्षति भएको ठाउँको पुनर्निर्माण र पुनर्स्थापनाको कार्य भइरहेको बताउनु भएको छ । उनले अगाडि थपे, ‘अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रुत गतिमा काम गर्ने तयारी छ ।’
मुख्यमन्त्री यामलाल कँडेलले गोदाम घरको संरचना प्रदेशलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न गृहमन्त्री लेखकलाई आग्रह गरे । यो वर्ष विपद्जन्य सामग्री खरिद गर्न प्रदेश सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेको जनाएकाे छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस