
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार पदाधिकारी बैठक बोलाएका छन्।
दिउँसो साढे एक बजे पदाधिकारी बैठक बस्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन ।
उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार पूर्वराजाको स्वातार्थ भएको प्रदर्शनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
आगामी दिनमा पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्रसहितको राजसंस्थाको एजेन्डा स्थापित गर्ने सन्दर्भमा पनि छलफल हुने उनले बताए।
‘यसका लागि समान विचार र उद्देश्य भएकाहरू एकजुट भएर आन्दोलन गर्नुपर्नेछ। पार्टी अध्यक्ष कमल थापाले यही दृष्टिकोण राख्दै आउनुभएको छ,’ उनले भने, ‘यही सन्दर्भमा बैठक बस्न लागेको हो।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस