
धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व धनगढी पुगेको छ।
काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरू धनगढी आएका हुन्।
काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका छन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य शशाङ्क कोइराला लगायतका नेताहरूको टोली धनगढी पुगेको जानकारी दिए l
नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।
पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने भएका छन्। नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस