
काठमाडौँ : काठमाडौँ प्रशासनले जिल्लाका संवेदनशील क्षेत्रमा जुलुस, धर्ना, भेला तथा सभा गर्न निषेध गरेको छ। राजाको पक्षमा जनलहर बढेको देखेर जिल्ला प्रशासनले निषेधको आदशे जारी गरेको हो।
आइतवारदेखि लागू हुने गरी २ महिनाका लागि निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन । आइतवारदेखि नै आदेश जारी गरिए पनि धेरैले चाल पाएनन्।
महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेधको आदेश जारी गरिएको छ।
ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस