
पोखरा- गण्डकी प्रदेश सभामा थप दुई विधयेक दर्ता भएका छन । सोमबार प्रदेश सभा सचिवालयमा ‘गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता भएका हुन ।
यसअघि फागुन २३ गते बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारले अध्यादेश प्रतिस्थापन विधेयक प्रदेश सभामा दर्ता गरेको थियो । प्रदेश सभा स्थापनाको सात वर्ष पुग्दासम्म गण्डकी प्रदेश सरकारले ७२ वटा कानुन बनाएको छ ।
पछिल्लो समय तीनवटा कानुन खारेज गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद्को ९ गते बसेको बैठकले दुग्ध विकास बोर्ड, विज्ञान तथा प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण खारेज गर्ने निर्णय गरेको थियो ।
तीन वटा संरचना स्थापनाका लागि बनेका ऐन सहित संरचना नै खारेज गर्ने निर्णय गरेपछि विज्ञान तथा प्रविधि प्रतिष्ठान खारेजीको विरुद्धमा प्रतिपक्ष दललले संसदमा विरोध गर्दै प्रश्न उठाएका छन ।
गण्डकी प्रदेश सभामा सातौं अधिवेशनको छैठौ बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेश सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस