
काठमाडौं — नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर-९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए ।
त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् ।
यस सम्बन्धमा उजुरीका बाबजुद स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण समेत गरेका थिए ।
त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् ।तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको अभिव्यक्ति हटाउन माग गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस