
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महशुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । रिजालले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैँ विकल्पको राजनीति खोज्नु पर्ने बाध्यता आइरहने बताए । उनले नेपालमा भारतलाई खुशी बनाएर वा घुक्र्याएर सत्तामा पुग्ने गरेको भन्दै नेपाली राजनीतिलाई कारोबारी राजनीतिको संज्ञा दिका छन ।
नेपालले चीन वा भारतको नजिक वा टाढा भन्दा पनि भूराजनीतिक हिसावले आफ्नो राजनीतिक प्रणालीमा दृढसङ्कल्पित हुनुपर्ने भनाइ छ ।
नेता डा. रिजालले विकल्पको राजनीति प्रणाली पनि वर्तमान संविधान भित्रैबाट खोज्न सकिने बताए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस