
धनगढीः नेपाली काँग्रेसका केन्द्रीय नेताहरू राखेर धनगढीमा प्रदेशको छलफल गरिएको छ।
प्रदेशको आगामी बजेट, प्रदेश सरकार र पार्टीबिचको समन्वय बढाउने गरी नेपाली काँग्रेसले धनगढीमा छलफल गरेको हो।
पार्टीका उपसभापति पूर्णबहादुर खड्का र प्रदेश सभापति वीरबहादुर बलायरले बुधवार बिहान ओम पार्टी प्यालेसमा सुदूरपश्चिम काँग्रेसका जिल्ला सभापतिहरू, प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर आगामी बजेट, पार्टी र सरकारका विषयमा छलफल गर्नुभएको हो l
पार्टी र सरकारका बीचमा केही समस्या हुन थालेको गुनासो प्रदेश सांसद र काँग्रेसका नेताहरूले गरेपछि प्रदेश सभापति बलायरले सबैलाई एकै ठाउँमा राखेर छलफल गराउनु भएको हो ।
प्रदेश सभापतिसहितका पदाधिकारी, मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरू छलफलमा सहभागी थिए। पार्टी र सरकारबिचको समन्वय अझै बलियो बनाउने, अनपेक्षा अनुसारको बजेट तयार गर्ने, सरकार सञ्चालन गर्दा उत्पन्न हुनसक्ने समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउने लगाएको विषयमा काङ्ग्रेसभित्र सहमति भएको छ।
काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, मुख्यमन्त्री कमल बहादुर शाह, पार्टी प्रदेश सभापति वीरबहादुर बलायर र केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का लगायतले धारणा राखेका थिए। प्रमुख सचेतक धामीले यसअघिको बजेटमा केही असन्तुष्टि जनाउँदै आगामी बजेट सबैलाई समेट्ने ढङ्गको आउनु पर्ने बताए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस