
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब देशका लागि काम गर्न सुझाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले विदेशीको गुलामी जति गर्नु थियो गरिसकेको भन्दै अब देशका लागि काम गर्न सुझाव दिएका हुन्।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धुरै चुरीफुरी नगर्न चेतावनी दिएपछि राप्रपाका सांसदसमेत रहेका शाहीले उक्त सुझाव दिएका हुन्।
‘यस्तै भट्किला, झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु– नविनतम सम्झौतामा आउनुस्, विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नुभो अब देशका लागि केही काम गर्नुस्,’ उनले लेखेका छन्।
प्रचण्डले भारतमा लुकेर नेपालमा १७ हजार नेपालीलाई मारेको आरोप लगाए। उनी लेख्छन्,’भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो? तपाईंले मार्यो। निहत्था नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो? तपाईंले।’
प्रचण्डले क्यान्टोनमेन्ट घोटाला गरेको उनको भनाइ छ। प्रचण्डले तत्कालीन सरकारसँग मिलेर विदेशीको इसारामा राजा वीरेन्द्रको वंश नाश गरेको शाहीले आरोप लगाएका छन ।
‘विदेशीको इसारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो? तपाईंले रेट्यो। ३३ किलो सुन तस्कर कसले गर्यो? तपाईंले गर्यो। क्यान्टोन्मेन्ट घोटाला कसले गर्यो? तपाईंले गर्यो। सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौँ,’ उनले लेखेका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस