
काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेसी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाउनु भएको हो । उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि तीन नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए । मधेसी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ ? मधेसी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’
सरकारले पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरेका छन् । उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने बताए । उनले भने, ‘पूर्व विशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्व विशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस