
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदभित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने धारणा व्यक्त गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने बताउनु भयो । उनले समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको बताए ।
पन्तले समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको पनि बताए । उनले नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंश लगायतको राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्दै प्रश्न गर्नुभयो ।
सांसद पन्तले जनभावना अनुसार अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र भएकाले सरकारले जनताको चासो र भावनालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस