
काठमाडौं । परराष्ट्रमन्त्री डा . आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक एमनालोसँग नयाँ दिल्लीमा एक्ला एक्लै द्विपक्षीय भेटवार्ता गरेकी छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि भारतको दिल्लीमा रहेका उनीहरू बीच आज बिहान भेटवार्ता भएको हो।
भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको जनाईएको छ । उक्त अवसरमा मन्त्री डा. राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरेकि छिन ।
साथै मन्त्री डा. राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेका थिए । साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री डा. राणाले बताईन।
त्यसैगरी मन्त्री डा. राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक एमनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकि छिन ।
फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामुहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी समेत भएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस