
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब फर्किन नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताएका हुन ।
उनले अरु देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताए । उनले राजतन्त्र अस्वीकृत भइसकेको बताउदै,उनले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए ।
गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उनले जिकिर गरे । सांसद निधीले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने बताएका हुन । सार्वभौम सत्ता अब जनतामा निहित रहेको उनी बताउँछन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस