
लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही आएकी छिन । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
सद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यही चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहने बताएकी छिन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्यमा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाहीलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तरसंवाद आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास गर्नुहुने कार्यक्रम समेत रहेको सांसद तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले बताएका छन ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस